नेकपाका महासचिव विप्लव र राप्रपाका अध्यक्ष थापाबीच भेटवार्ता 

वर्तमान जटिल राजनीतिक अवस्थाको बारेमा छलफल

नेकपाका महासचिव विप्लव र राप्रपाका अध्यक्ष थापाबीच भेटवार्ता 

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र राप्रपाका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । 

शुक्रबार बिहान भएको सो भेटवार्तामा महासचिव विप्लवले तत्कालीन सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको विरोध जनाउने अध्यक्ष थापा पहिलो व्यक्ति भएको प्रसङ्ग उठाउदै उनलाई धन्यवाद दिएको बताइएको छ । 

सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ओली सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वन र बन्दी रिहाईको लागि राप्रपा एक जिम्मेवार राजनीतिक दल भएकोले राजनीतिक वृतमा र संसदबाट समेत पहल गरिदिन आग्रह गरेको र राप्रपाका अध्यक्ष कमल थापाले लोकतन्त्रमा कुनैपनि राजनीतिक दलमाथि प्रतिबन्ध लगाउनु नाजायज र निन्दनिय भएको बताउदै तीन बुँदे सहमति कार्यान्वन र बन्दी रिहाईको लागि सक्दो पहल गर्ने प्रतिबद्धता गरेको बताइएको छ ।

भेटवार्ता उपलब्धिमुलक भएको र आगामी दिनमा समग्र राजनीतिको बारेमा थप छलफल गर्ने सहमति समेत भएको बताइएको छ ।