मुक्ति गैरे / पाल्पा । पाल्पाको तिनाउ गाँउपालिका वडा नं. ५ मस्यामबाट विभिन्न राजनीतिक दलमा आबद्ध २१ जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले गरि तीन दलका स्थानीय नेताहरू नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका हुन् । बसन्त नेपालीको नेतृत्वमा उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्दै बसन्त नेपालीले वर्तमान व्यवस्थाले जनतालाई सोचे जस्तो काम गर्न नसकेकाले आफूहरु माओवादी केन्द्र लगायतका दलहरुबाट नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको बताए । उनले यो व्यवस्थाले हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार, मूल्यवृद्दि लगायतका कुराहरू निर्मुल गर्न नसकेको, बरु जनतालाई बेरोजगार बनाएर अनावश्यक जथाभावी कर असुलेर निमुखा जनतालाई श्रृण भार मात्रै दिएको बताए । उनले अहिलेको व्यवस्थाका नेताहरू भन्दा राष्ट्र र जनताको लागि जति सक्यो आफै गर्ने र गर्ने योजना सहित राम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको कारणले आफूहरु उक्त पार्टीमा प्रवेश गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराउदै जिल्ला सचिव प्रभातले अबको विकल्प र चोखो पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकोले सबैलाई ध्रृवीकृत हुन अपिल गरेका थिए । उनले सत्यको कसि व्यवहारबाट हुने भएकाले नेपाल कम्युनिस्ट पार्टीलाई अध्ययन, अनुसन्धान गरेर जाँच गर्न समेत अपिल गर्दै ठिक लागेमा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भई देश र जनतालाई प्रताडित पार्ने वर्तमान दलाल सत्तालाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने बताए । प्रभातले वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सबै कुराको हल गर्ने बताए ।
कार्यक्रममा दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज निशान विक, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला सदस्य झविन्द्र नेपाली, जनपत्रकार नेपालका जिल्ला इन्चार्ज मुक्ति गैरे लगायतका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्