गणेश एसके । कञ्चनपुर । कञ्चनपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनतासँग सुमधुर सम्बन्ध र ध्रुवीकरण अभियानलाई पछिल्लो समय तिब्र बनाएको छ । शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा अन्य पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेका हुन् ।
कञ्चनपुर जिल्ला सचिव जीवनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र लगायत अन्य पार्टीबाट पदम बारकोटी, धनबिरी सार्की, इश्वरी उपाध्याय, दिनेश विक, कमल सुनार, हिरा साउद, विक्रान्त चौधरी, गोमा देवी सार्की, फुलमाया विक, तारा देवी विक, विवेक बर्कोटि लगायत नेताकार्यकर्ता ध्रुवीकृत भएका हुन् । उक्त कार्यक्रममा पुनर्वास नगर इन्चार्ज शितलले अध्यक्षता गरेका थिए ।
साथै यस अघि पनि नेकपा कञ्चनपुरले जिल्लाको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकामा ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको थियो ।
सम्बन्धित खवर
तिलोत्तमामा अनुदानमा फलफूलका बिरुवा वितरण
मार्क्सवादी चिन्तक अर्यालको निधन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्