मंसिर १२/ प्रसिद्ध मार्क्सवादी चिन्तक तथा लेखक मुरारी अर्यालको निधन भएको छ । कोभिड–१९ को संक्रमणको कारण ६४ वर्षीय अर्यालको निधन भएको हो । विगत केही दिनदेखि उनको त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
कोरोना संक्रमणका कारण अर्यालको फोक्सोमा गम्भीर क्षति पुगेको चिकित्सकहरुले जानकारी दिएका थिए ।
अर्यालका निधनले नेपालको मार्क्सवादी आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।
यसबीच दिवंगत अर्यालका श्रीमती विमला अर्याललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । हाल उनको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । परिवार निकट स्रोतले जानकारी दिएअनुसार उनको अवस्था सामान्य रहेको छ ।
अर्यालसँगै कोरोना संक्रमित भई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रसिद्ध भौतिकशास्त्री प्रा.डा. मुकुन्दमणि अर्याल भने संक्रमणमुक्त भएका छन् । हाल उनी अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।
सम्बन्धित खवर
पुराना वामपन्थी नेता मानन्धरको निधन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्