मंसिर १२ । पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेकपाको गतिविधि बढेको भन्दै तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ ।
सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको बताइएको छ ।
पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ हो।
पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको हो ।
गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।
Tags :
सम्बन्धित खवर
युवा संगठन नेपाल, अछामद्धारा भित्तेलेखन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्