वली र नेपाल पक्षका सांसदबीच झण्डै हात हालाहाल

बुटवल । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठकमै भनाभन भएको छ ।

यसअघि समितिले दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा बैठक डाकेको थियो । बैठकमा नेता नेपालले सुरूआतमा प्रतिनिधिसभा पुनःस्थापना भएकोमा खुसी व्यक्त गरेका थिए । उनले संसद ब्युताउन संघर्ष गर्नुपरेको तर्क गरेका थिए ।

त्यसलगत्तै अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि राना बैठकमा प्रवेश गरेपछि विवाद सुरु भएको थियो । उनले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुर्नस्थापना भएको बताउँदै नेपाल पक्षलाई ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै व्यंग्य गरेका थिए ।