अखिल (क्रान्तिकारी) बाजुराद्धारा बालिकामाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारबाहीको माग

घटना ढाकछोप गर्न खोजिएमा कडा संघर्ष गर्ने चेतावनी

अखिल (क्रान्तिकारी) बाजुराद्धारा बालिकामाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारबाहीको माग

गणेश एसके / बाजुरा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) जिल्ला समिती बाजुराले प्रेस वित्रप्ति मार्फत् त्रिवेणी नगरपालिकाको वडा नं. –९ मलाल गाउँमा बिहे हेर्न गएकी उक्त वडा कै पन्ताली गाउँकी १४ वर्षिय बालिका सभ्यता बुढामाथि पेट्रोल छर्केर आगो लगाउने अपराधीहरूलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

घटनामा संलग्न त्रिवेणी नगरपालिका –८ कालापानीका सुमन गिरी लगायत केही अन्य मानिसहरु रहेको भन्ने बुझिएको र हाल उनिहरु फरार रहेका संगठनका जिल्ला अध्यक्ष राजिव शाहीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शाहीद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नं. –९ मलाल गाउँमा बिहे हेर्न गएकी उक्त वडा कै पन्ताली गाउँकि १४ वर्षिय बालिका सभ्यता बुढामाथि मिति २०७८/०१/२१ गतेका दिन साझ पेट्रोल छर्केर आगो लगाइएको छ । उक्त घटनामा उनी जलेर घाइते भएको हुँदा उनको शिघ्र स्वास्थ्य लाभ कामना गर्दछौं । यस्तो अमानवीय र पाश्विक घटनाप्रति घोर निन्दा र भत्र्सना व्यक्त गर्दछौं । 

यस घटनामा संलग्न त्रिवेणी नगरपालिका –८ कालापानीका सुमन गिरी लगायत केही अन्य मानिसहरु रहेको भन्ने बुझिएको छ । हाल उनिहरु फरार रहेका छन् । यस्तो क्रुर र जघन्य अपराधमा संलग्न अपराधीहरुलाई छिटो भन्दा छिटो कानुनी कठघरामा उभ्याइ कडा कडा सजायको भागिदार बनाउन सम्बन्धित निकाय सङ्ग जोडदार माग गर्दछौं ।’