नेकपा मकवानपुरद्धारा व्यापक संगठन विस्तार

नेकपा मकवानपुरद्धारा व्यापक रुपमा संगठन विस्तार

नेकपा मकवानपुरद्धारा व्यापक संगठन विस्तार

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सञ्चालन गरेको अभियान ‘संगठन विस्तार तथा सुदृढीकरण सहितको सामना परिवारको साँस्कृतिक कार्यक्रम’ मनहरी गाउँपालिका–१ अन्तर्गतको गोगनपानी, मनहरी–३ अन्तर्गतको डोठे, मनहरी–४ अन्तर्गतको नयाँबस्ती र मासिने खोलामा सम्पन्न भएको छ ।

बुधबार १५ गते गोगनपानीमा भएको कार्यक्रममा नेकपा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्य र ब्युरो सदस्य पेन्सनको विशेष आतिथ्य रहेको थियो भने विवेक घलान, सरल, शुसिला सिन्तान, विक्रम मगर लगायतको आतिथ्य रहेको थियो ।

ललित घलानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले राजु लोप्चनको नेतृत्वमा ११ सदस्यीय गोगनपानी टोल कार्यसमिति गठन गरेको छ । साथै युवा, महिला, किसान, तामाङ र दलित गरी ५ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ । 

बिहीबार १६ गते डोठेमा भएको कार्यक्रममा नेकपा मकवानपुर जिल्ला इन्चार्ज राम घलान ‘वाटर’ को प्रमुख आतिथ्य र सामना परिवारको इन्चार्ज सरलको विशेष आतिथ्य रहेको थियो भने विवेक घलान, सोनाम बल, ललित घलान, सुबास तामाङ, विक्रम घलान लगायतको आतिथ्यता रहेको थियो । 

श्रीलाल बलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमले श्रीलाल बलको नेतृत्वमा ११ सदस्यीय डोठे टोल कार्यसमिति गठन गरेको छ । साथै युवा, महिला, किसान, तामाङ र मजदुर गरी ५ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको छ ।

त्यस्तैगरी १७ गते शुक्रबार नयाँबस्तीमा सम्पन्न भएको कार्यक्रममा सामना परिवारको इन्चार्ज सरलको प्रमुख आतिथ्य, हेटौंडा उपमहानगपालिकाका सेक्रेटरी विवेक घलानको विशेष आतिथ्य र अर्जुन तितुङ्, ललित घलान, सुबास तामाङ, मीना थिङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।  

मकवानपुर जिल्ला सदस्य, युवा संगठन नेपाल मकवानपुरका सदस्य एवम् मनहरी–४ का सेक्रेटरी सोमराज थिङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमले सेक्रेटरीमा सोमराज थिङ र सह–सेक्रेटरीमा मिलन प्रजा रहने गरी २१ सदस्यीय मनहरी ४ नम्बर वडा कार्यसमिति गठन गरेको छ । साथै महिला, युवा, मजदुर, तामाङ, चेपाङ र सुकुम्बासी गरी ६ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको बताइएको छ ।

त्यस्तै १८ गते शनिबार मासिने खोलामा सरलको प्रमुख आतिथ्यता र विवेकको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अर्जुन तितुङ, अमर रुम्बा, सिंगराम तितुङ, फूलमान थिङ र सुरेन्द्र तितुङ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

ललितको अध्यक्षतामा शनिबार भएको कार्यक्रमले टीकाराम स्याङतनको सेक्रेटरी र गोविन्द तितुङको सह–सेक्रेटरी हुने गरी २१ सदस्यीय मसिने खोला टोल समिति गठन गरेको छ भने महिला, तामाङ र युवा गरी ३ वटा जनवर्गीय संगठन पनि निर्माण गरेको बताइएको छ । 

यसरी १५ गतेदेखि १८ गतेसम्म भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष एवम् नेकपा मकवानपुर जिल्ला सदस्य सुर्य बहादुर गोलेले गरेका थिए ।