अनिल नेपाली । म्ंसिर १६, सन्धिखर्क । राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले मुलुकमा दिगो विकासको यात्रा तय भएको बताउनुभएको छ । भुमिकास्थान नगरपालिकाको चिदिचौरमा १५ शैयाको नगर अस्पताल सिलन्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय सभा सदस्य उज्ज्वलले देशैभर एकैपटक ३ सय ९६ वटा अस्पतालको शिलान्यास हुनु मुलुकको समृद्धिको लागि ऐतिहासिक क्षण भएको जिकिर गर्नुभएको छ । आजको दिन सिंगो देश र आम नेपालीहरुको लागि स्वर्णिम कहलिएको भन्दै उहाँले देशैभर सिलन्यास भएका अस्पतालहरु समयमै निर्माण गरि गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिन सम्बन्धित पालिकालाई आग्रह समेत गर्नुभएको छ ।
प्रदेश सभा सदस्य चेतनारायण आचार्यले आजको ऐतिहांसिक दिन मुलुकको विकास गर्न आफुहरुलाई जनताले दिएको जिम्मेवारि पुरा गर्दै गएको एउटा उदाहरण भएको बताउनुभको छ । मुलुकका सबै तह र क्षेत्रमा स्वास्थ्य संरचना बन्नु राष्ट्रिय गौरवको बिषय भएको भन्दै सांसद आचार्यले अब कोहिपनि नेपाली उपचार नपाएर मर्नु नपर्ने बताउनुभएको छ । एक फरक प्रसंगमा सांसद आचार्यले भौतिक विकासले मात्रै मुलुकको आर्थिक समृद्धि नहुने भन्दै उत्पादनमा आधारित विकासमा समेत जोड दिनुपर्ने खाँचो औल्याउनुभएको छ ।
यस्तै अर्का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सरकारले जनताले प्रत्यक्ष महशुस गर्नेगरि विकासमा अगाडि बढेको दाबी गर्नुभएको छ । यथास्थितिमा रमाउन खोज्ने केही तत्वले भ्रम पैदा गर्न खोजेपनि सरकार समृद्धिको यात्रामा अगाडि बढेको उहाँले जिकिर गर्नुभएको छ । प्रदेशसरकारबाट तिन बर्षमा अर्घाखाँचीमा मात्रै झन्डै ४ अर्ब रुपैंयाको बजेट निकासा हुनु यसको गतिलो उदाहरण भएको बताउनुभयो । एक फरक प्रसंगमा सांसद घिमिरेले राष्ट्र र जनताको हितमा सरकारको अडान देखेर भारतपनि हच्किएको दाबी गर्नुभएको छ । बर्तमान सरकारको चट्टानी अडान देखेर भारत आफै निहुरिएको र दुतहरु पठाइरहेकोले भारतले मिचेका सबै भुमि फिर्ता भएरै छाड्ने उहाँको जिकिर छ ।
नगर प्रमुख रेसम थापाको अध्यक्षता,निमित्त प्रमुख प्रशासकिय अधिकृत तुबलाल सापकोटाको स्वागत मन्तव्य र योजना सहायक शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख खडानन्द वेल्वासे र राष्ट्रिय जनमोर्चाका नेता कविराम खनालले पनि मन्तव्य राख्दै मुलुकको विकासमा सबैसंग हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्