Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु - Janabato
गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

मंसिर १२ । गुल्मी । गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका २ बाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इश्मा २ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको बताइएको छ ।

दुर्घटनामा सरस्वती दर्लामी र फर्सु थापा घाइते भएको र उनीहरुको अबस्था गम्भिर रहेको स्थानीय राम बहादुर कार्कीले बताए ।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुर्घटनामा जिम १ हजार मिटर भन्दा धेरै भिरबाट खसेको र चालक सकुसल रहेको कार्कीले बताए ।