अर्घाखाँची आउदै गरेको जिप दुर्घटना : २ जना घाईते

लु २ च ७०२५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना

अर्घाखाँची आउदै गरेको जिप दुर्घटना : २ जना घाईते

अर्घाखाँची। अर्घाखाँची आउदै गरेको बलेर जिप कपिलवस्तुको गोरूसिङगे -पथ्थरकोट सडक खण्डमा केही बेर अघि दुर्घटना हुदा २ जना घाईते भएका छन् ।

बुटवलबाट किराना पसलको सामान बोकेर अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको लु २ च ७०२५ नम्बरको गुडिरहेको जिप सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदा सन्धिखर्क १२ का २६ बर्षिय जिप चालक बिपल श्रेष्ठ र रूपन्देही शुद्दोधन गाउँपालीका २ का २८ बर्षिय नागेश्वर थारू घाईते भएका छन् ।

घाईते दुबै जनालाई थप उपचारका लागि बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय गोरूसिङगेका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिनु भयो ।

दुर्घटनामा जिपमा क्षेति भएको प्रहरीले जनाएको छ । गतिमा डौडिरहेको जिप खाड्ल परेको सडकमा अनियन्त्रित भई बिजुलीको पोलमा गएर ठोक्किएर दुर्घटना भएको जनाईएको छ