माघ २०, बुटवल । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र बाँस्तोलाकाे पेसि माघ २२ गतेकाे लागि सरेकाे छ । आज पेसि ताेकिएपछि नेता बास्ताेला लगायतलाई सर्वोच्च अदालत उपस्थिति गराइएकाे थियाे ।
अर्का नेता विबेक टिकाराम राखलकाे बहस भएपनि पुन पक्राउ गर्ने तयारी छ । २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको थियोे ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।
पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।
बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको छ ।
सम्बन्धित खवर
सन्धिखर्कमा आवधिक योजना कार्यशाला गोष्ठी सम्पन्न
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्