चैत २ , बुटवल । वरिष्ठ समाजसेवी स्व. माया गर्वुजा पुन मगरको पहिलो वार्षिकीको अवसरमा शालिक अनावरण तथा विवाह मण्डप समुद्घाटन गरिएको छ ।
मनवीरमाया गर्वुजा पुन मगर प्रतिष्ठान नेपाल, रेडियो समावेशी १०५ मेगाहर्ज, भू.पू.सैनिक कल्याण क्लब, रुपन्देही र मनवीर गर्वुजा पुन मगर अक्षयकोषको संयुक्त आयोजनामा भू.पू.क्लबमा शालिक अनावरण तथा विवाह मण्डप समुद्घाटन गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, समाजसेवी होम गलामी, नेपाल अदीवासी जनजाती महासंघ लुम्बिनी प्रदेशका सचिव मनोज राना, मनवीर अध्यक्ष कोषका अध्यक्ष क्या. जनक थापा लगाएतले माया गर्वुजाले गरेको योगदानबाट सबैले पाठ सिक्नु पर्ने बताएका थिए ।
कार्यक्रममा मनवीर र माया गर्वुजाकी छोरी मंकु गर्वुजाको धन्यावद, भूपू क्लबका पूर्व अध्यक्ष पदम पुनको स्वागत र सुन्दर तरामुको संचालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खवर
नेकपाद्धारा बैतडीमा वालपेन्टिङ
दलालहरूको विरुद्धमा संघर्ष गरौं !
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्