जनपत्रकार संगठन नेपालको सेती महाकाली ब्युरोमा प्रकाश थापा

थापाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन

जनपत्रकार संगठन नेपालको सेती महाकाली ब्युरोमा प्रकाश थापा

माघ ३०, बुटवल । जनपत्रकार संगठनको सेति महाकाली ब्युरो आयोजक समिति गठन डडेल्धुरामा  जनपत्रकार संगठन नेपाल सेती महाकाली ब्युरोमा प्रकाश थापाको संयोजकत्वमा १३ सदस्यीय आयोजक समिति गठन गरिएको छ । उक्त भेला बाट संगठनको आगामी नीति तथा कार्यक्रम घोषणा गरिएको छ ।

आज भएको उक्त भेला मार्फत वैशाख २५ र २६ गते हुन लागेको नेपाल जनपत्रकार संगठनको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै प्रत्येक जिल्लाहरुमा जिल्ला भेला गर्ने ,संगठन विस्तार गर्ने , संगठनको सदस्यता दिने र सम्मेलनको पूर्व तयारीमा लाग्ने निर्णय गरिएको छ । उक्त भेलामा नेपाल जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेर बहादुर विश्वकर्मा पनि उपस्थित हुनु भएको थियो । केन्द्रिय संयोजक विश्वकर्मा का अनुसार लामो समयदेखि पदाधिकारी विहिन बनेको हाम्रो पिर्य संगठन विभिन्न गरीब, निमुखा , श्रमजीवी , उत्पीडित, पिछडिएका लगायत सबै वर्गको आवाज विहिनहरुको आवाज बन्न र तथ्यमा टेकी सत्य पत्ता लगाउने आम नागरिकको पहुँचको माध्यम बनाउने कुरा पनि बताउनुभएको छ।

राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि सबै जिम्मेवारीमा रहनु भएका सम्पूर्णमा जिम्मेवारी बोध भएर लाग्न पनि आग्रह गर्नु भएको छ ।