ओलीको पतन हुनेछ : चित्र बहादुर के.सी

अनिल नेपाली । माघ ३०, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले केपी शर्मा ओली हिटलर शैलीमा अगाडी बढेको र उनको पतन भएरै जाने केसीले आरोप लगाएका छन् ।

राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको भन्दै केसीले जनताले स्थायी सरकारका लागि समर्थन दिएको भएपनि ओलीले जनमत माथि कुठाराघात गरेको आरोप लगाउनुभयो । केसीले ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न संयुक्त आन्दोलनको बिकल्प नभएको समेत दाबि गर्नु गर्नुभयो । केसीले संघीयता नेपाली जनताले थेग्न नसक्ने प्रष्ट पार्दे संघीयता खारेजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय देशमा भ्रष्टाचार र बलात्कारका घटना बढिरहेपनि ओली सरकार भने आरोपप्रत्यारोपमा लागेको बताउनुभयो ।

 बिरोध सभा पूर्व सुरु भएको जुलुसले चुत्राबेसी र सन्धिखर्क बजार परिक्रमा गरेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक परीवारका कलाकारको प्रस्तुति समेत रहेको थियो । सबै दलहरु ६२/६३ को जन आन्दोलनमा जस्तै एक भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नु पर्ने अवस्था आएको बताएका छन् । राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलसँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताए । कम्युनिस्ट पार्टीमा २ वटा अध्यक्ष हुनै नसक्ने भएको बताउदै उनले नेकपाको ओली समुह तथा माधब–प्रचण्ड दुबै समुह सच्चा कम्युनिस्ट नभएको उनले बताए । ओली हिटलरीशैलीमा अगाडी बढेको र उनको पतन भएरै जाने केसीको आरोप छ । एक फरक प्रसँगमा कुरा गदै अध्यक्ष के।सीले गणतन्त्र र लोकतन्त्र माथि दरबारवाला आफुलाई सच्चा गणतन्त्रबादी भन्ने शक्तिबाट नै खतरा रहेको बताए । 

राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,सचिब बाबुराम पन्थी सुनारको सञ्चालन र उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्यमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट,राजमो नेताहरु शेरबहादुर बिसी, झबिलाल थापा ,सागर केसी, पशुपति ढकाल, कल्पना पोख्रेल लगायतले मनतब्य राख्नुभएको थियो ।