मंसिर १७, गुल्मी । सत्यवती गाउँपालिका–४ लिम्घाका १५ घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ। २०७६ साउन ७ मा गएको पहिरोबाट पीडितलाई सुरक्षित आवास कार्याक्रमअन्तर्गत घर निर्माण गरी पीडितहरुलाई घर हस्तान्तरण गरिएको हो।
लिम्घाको पहिरोमा परी आठजना र वडा नम्बर ३ ठूलोलुम्पेकमा पहिरोमा पाँचजना मृत्यु भएको थियो। पहिरोले लिम्घाका तीन घरमा पूर्ण क्षति, १२ घर उच्च जोखिममा र जोखिममा ३० घर रहेको गाउँपालिकाले जनाएको छ। तीमध्ये पूर्ण क्षति भएका तीन र उच्च जोखिममा रहेका १२ घर परिवारलाई घर हस्तान्तरण गरिएको हो। जोखिममा रहेका घर परिवारलाई आवास निर्माण गर्ने प्रक्रियामा रहेको वडा नम्ब ४ का अध्यक्ष दानबहादुर रानाले बताए।
पीडित परिवारका लागि करिब एक करोड लागतमा जग्गा खरिद र आवास निर्माण गरिएको वडाध्यक्ष रानाले जानकारी दिए। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार पीडित घरपरिवारलाई घर हस्तान्तरण गरेका हुन्।
ठूलो लुम्पेकका पहिरो पीडितले अझैसम्म राहत पाउन सकेका छैनन् ।
सम्बन्धित खवर
अखिल (क्रान्तिकारी) द्वारा पाल्पामा प्रदर्शन
राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्