अर्घाखाँचीमा आगलागीबाट पशुचौपाय,खाद्यान्न र नगद जलेर नष्ट

आगो कसरी सल्कियो भन्ने समेत पत्ता लाग्न सकेको छैन ।

अर्घाखाँचीमा आगलागीबाट पशुचौपाय,खाद्यान्न र नगद जलेर नष्ट


मंसिर २०, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १२ कुसुने निवासी डम्मर बहादुर मुखिया र ज्ञान बहादुर मुखियाको घरमा आगोलागी भएको छ । 

आगलागीको कारण घरसँगै एकहल गोरु, एउटा भैसी, एउटा बाख्रा र एउटा पाडी जलेर मरेका छन् भने तीन तोला सुन बीस मुरि जति धान र केही नगद जलेर नष्ट भएको छ । 

आगो कसरी सल्कियो भन्ने समेत पत्ता लाग्न सकेको छैन । एक्कासी आगो परालको माचमा बलिरहेको देखेपछि घरका सदस्यले गाउँमा फोन गरेर र चिच्याएर गुहार मागी स्थानीय छरछिमेकीहरुलाई डाकेका थिए । 

छिमेकीहरुको प्रयासमा मात्र आगो नियन्त्रणमा नआएपछि सन्धिखर्कबाट दमकल सहित बिहार चौकी र शसस्त्र प्रहरी र स्थानीय सहितको टोलीले आगोलाई नियन्त्रणमा लिएका थिए ।