मंसिर २०, कपिलवस्तु । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्ला स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ ।
प्रशिक्षणमा बोल्दै अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण वा नवउदारवादका विरुद्ध संगठनले सम्झौताहीन संघर्ष गर्ने बताउदै यसका लागी देशभक्त र जुझारु विद्यार्थीहरुलाई संगठनमा आबद्ध गर्नुपर्ने बताए । उनले संगठनको इतिहासबारे चर्चा गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको संघर्षलाई अझ घनिभूत बनाउनु पर्ने बताए । उनले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागी दृष्टिकोणमा नै परिवर्तन गर्नुपर्ने बताए ।
नेकपा कपिलवस्तुका सेक्रेटरी शेरमानले शैक्षिक माफियाहरु विरुद्धको संघर्षलाई अखिल (क्रान्तिकारी)ले नेतृत्व गर्नुपर्ने भन्दै त्यसमा पार्टीको साथ रहने बताए । उनले देशको संकट अझ गहिरिदै गएको भन्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध संघर्षमा सबै केन्द्रीत हुनुपर्ने बताए ।
अखिल (क्रान्तिकारी) कपिलवस्तुका अध्यक्ष विज्ञान क्षेत्रीले जिल्लामा शैक्षिक क्षेत्रमा देखिएका समाधान गर्न संगठनले निरन्तर संघर्ष गर्दै आएको भन्दै आवश्यक परे जस्तोसुकै परिस्थितिको पनि सामना गर्न आफुहरु तयार रहेको बताए । प्रशिक्षण जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको अध्यक्षता र जिल्ला सदस्य विनोद गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्