मंसिर २१ । घरेलु टोली अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टीमा सिरिज भारतले जितेको छ । आइतबार भएको खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिज २–० ले जितेको हो । एकदिवसीय सिरिजमा पराजित भएको भारतले टि–ट्वान्टी सिरिज जित्न सफल भएको हो ।
सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले जितका लागि दिएको १९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १९५ रन बनाउन सफल भयो ।
भारतका लागि शिखर धावनले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । त्यस्तै हार्दिक पाण्ड्याले रन बनाउँदा कप्तान विराट कोहलीले ४० रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि डेनियल श्याम्स, आन्द्रे टय र आदम जाम्पाले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि माथेइ वेडले अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले १० चौका र १ छक्काको सहयोगमा ५८ रन बनाए । त्यस्तै स्टिभ स्मिथले ४६ रन बनाउँदा मार्कुस हेनरिकेसले २६, ग्लेन म्याक्सवेल २२ तथा मार्कुस स्टोइनिसले १६ रन बनाए । बलिङतर्फ भारतका लागि टी नटराजनले दुई विकेट लिए । त्यस्तै शार्दुल ठाकुर र युजभेन्द्र चहालले समान एक–एक विकेट लिन सफल भए ।
पहिलो खेलमा ११ रनले पराजित भएको अष्ट्रेलिया आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । उता भारत आजको खेलमा जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्