पुष २, बुटवल । नेपालमा पारित हुने या नहुने भन्ने विषयमा विवाद कायमै रहेको अवस्थामा अमेरिकी सहयोग परियोजना एमसीसी श्रीलंकाबाट भने बाहिरिने भएको छ ।
श्रीलंकाली पत्रिका डेली मिररका अनुसार एमसिसिले ४ सय ८० मिलियन डलरको सहयोग परियोजनाबाट बाहिरिने निर्णय गरेको हो । उसका अनुसार डिसेम्बरमा १५ मा बसेको एमसीसी बोर्ड बैठकमा भएको मतदानमा श्रीलंकामा आफ्नो परियोजना बन्द गर्ने पक्षमा धेरै मत खसेको थियो । एमसीसीले यसबारेमा औपचारिक घोषणा भने गरिसकेको छैन ।
पछिल्लो यहापालना सरकारको मन्त्रिपरिषदले सन् २०१९ को राष्ट्रपति निर्वाचन अगाडि एमसीसी परियोजना पारित गरेको थियो । तर निर्वाचनपछि गोताबाया राजापाक्षेको नेतृत्वमा बनेको नयाँ सरकारले सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्