अर्घाखाँचीमा क्यान्सरबाट ज्यान गुमाएकीलाई मृत्युदावी भुक्तानी

पाण्डेको परिवारलाई मृत्युदावी भुक्तानी

अर्घाखाँचीमा क्यान्सरबाट ज्यान गुमाएकीलाई मृत्युदावी भुक्तानी

अनिल नेपाली/अर्घाखाँची ४ पुस/क्यान्सरबाट ज्यान गुमाएकी छत्रदेब गाँउपालिका वडा न २ धाईरीचौर निबासी कुशला पाण्डेको परिवारलाई सन नेपाल लाईफ ईन्सोरेन्स अर्घाखाँची शाखाले आज मृत्यु दावी भुक्तानी गरेको छ।

मृतक पाण्डे क्यान्सरबाट पिडित रही उपचारको क्रममा अशोज १७ मृत्युु पछि उक्त रकम उनले ईच्छाएको ब्यक्ति श्रीमान् बेदुराम पाण्डेलाई रू सात लाख ७६ हजार ५० रुपैया प्रदान गरिएको शाखा प्रमुख मिना बस्यार्लले जानकारी दिनुभएको छ ।

मुत्यु दाबी कार्यक्रममा मन्तब्य राख्दै छत्रदेब गाँउपालिका वडा न २ का अध्यक्ष राजेश कुमार पन्थीले विमा मानिसको जीवनमा अन्त्य सबेदनशील भएकोले विमा सबैले गर्नुपर्ने बताउदै परिबारमा सदस्यको मुत्यु भएपछि परिबारका सदस्यलाई ठुलो राहत हुने गरी विमा कम्पनीले गर्ने गरेको काम सबैको लागि प्रशासायोग्य रहेको बताउनुभएको थियो बिमित पाण्डे गत सालमा विमा गराउनुभएको थियो ।

कम्पनीले मुत्यु दाबी रकम छिटो भन्दा छिटो भुक्तानी गरेको शाखा प्रमुख बस्यालले बताउनुभएको छ, कार्यक्रम शाखा प्रमुख मिना बस्यालको अध्यक्षता अभिकर्ता धनिश्वर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो