पुष ७, बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिले चरणबद्व आन्दोलनका कार्यक्रम तय गरेको छ ।
पुष ५ गते बाँकेको जीगाउमा बसेको बैठकको निर्णय प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गर्दै माओवादीले संर्घषका कार्यक्रम तय गरेको जनाएको छ ।
सो पार्टीका नवनियुक्त प्रदेश सेक्रेटरी संकुलले जारी गरेको बिज्ञप्तिमा संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन नसक्ने र अबको विकल्प संघीय जनगणतान्त्रिक सरकार हुने निष्कर्ष निकालिएको छ । बिज्ञप्तिमा भ्रष्टाचारी,दलाल,कालोबजारी,तस्कर र जनविरोधीहरुको विरुद्धमा जनप्रतिरोध संघर्ष गर्दै वर्ग संघर्षलाई उत्कर्षमा पु¥याउने उल्लेख गरिएको छ ।
त्यस्तै चैत्र ५ गते जनपरिचालन सहित नेपालगन्जमा, चैत्र १५ गते भालुवाङ र चैत्र २४ गते बुटवलमा केन्द्रीकृत विरोध सभा कार्यक्रम गर्ने निर्णय गरेको बिज्ञप्तिमा जनाइएको छ ।

Tags :
सम्बन्धित खवर
गाउँपालिका अध्यक्ष बुढालाई जनअदालतले लियो बयान
५ वर्ष अगाडि
फागुन१४ गते धनगढीमा रणनैतिक संयुक्त मोर्चाको जनसभा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्