अनेमसंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनको राजनीतिक प्रस्ताव

सातौं राष्ट्रिय सम्मेलनमा भएका महत्वपूर्ण गतिविधि र निर्णयहरू

अनेमसंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनको राजनीतिक प्रस्ताव

फागुन २८, बुटवल । अनेमसंघ क्रान्तिकारीले आफ्नोे सातौं राष्ट्रिय सम्मेलन १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ र २५ गते कपिलवस्तु जिल्लाको शिवगढीमा भव्यताका साथ सम्पन्न गरेको थियो । उक्त सम्मेलनले बन्धु चन्दको नेतृत्वमा ३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो ।

अनेमसंघ क्रान्तिकारीले एक प्रेस विज्ञप्ति मार्फत् सातौं राष्ट्रिय सम्मेलनमा भएका महत्वपूर्ण गतिविधि र निर्णयहरू तथा सम्मेलनबाट पारित भएका समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक गरेको छ ।

पूर्ण विज्ञप्ति पाठ :

"हाम्रो सङ्गठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन यहि २०७७ फाल्गुण २४ र २५ गते कपिलवस्तु जिल्लाको शिवगढीमा भव्यताका साथ सम्पन्न भयो । सम्मेलनमा भएका महत्वपूर्ण गतिविधि र निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । 

१. फाल्गुण २४ गते अर्थात १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुरु भएको सङ्गठनको सातौं राष्ट्रिय सम्मेलनको शुरुआत देशभरबाट उपस्थित भएका प्रतिनिधि पर्यवेक्षक सहित स्थानीय महिला र जनसमुदायको व्यापक सहभागीतामा  झण्डा, ब्यानर र प्लेकार्ड,सहित भव्य ¥याली  सभाबाट भयो । 

२. सम्मेलनको उद्घाटन समारोह बन्धु चन्दको अध्यक्षता, धिरेन्द्रा उपाध्यायको संचालन र राज कुमारी शाहीको स्वागत मन्तव्यबाट शुरु भयो । 

३. कार्यक्रमको शुरुआत पश्चात महिला मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनमा साहदत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण गरी श्रद्धान्जली अर्पण गरियो । 

४. कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव कमरेड विप्लबले सम्मेलनको भव्य उद्घाटन गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै सम्मेलनमा उपस्थित जनवर्गीय सङ्गठन, मोर्चा तथा अन्य अतिथिहरुले ८ मार्चको महत्वमा प्रकाश पार्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

५. उद्घाटन समारोहमा सामना साँस्कृतिक परिवार र क्षितिज साँस्कृतिक परिवारको तर्फबाट रोचक साँस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो ।  

६. फाल्गुण २५ गते भएको सम्मेलनको बन्दसत्रमा आयोजक समितिको तर्फबाट प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन र सांगठनिक विधान प्रतिनिधि र पर्यवेक्षकहरुको व्यापक छलफल र बहसका साथ एकमतले पारित गरियो । 

७. सम्मेलनले बन्धु चन्द (अध्यक्ष), धिरेन्द्रा उपाध्याय (उपाध्यक्ष), राज कुमारी शाही (महासचिव), उषा घर्तिमगर (सचिव), कमला लिम्बु (कोषाध्यक्ष), रहेको पाँच जना पदाधिकारी सहित ३७ सदस्यीय केन्द्रिय समिती चयन गरेको छ । 

८. बन्दसत्रको अन्त्यमा नवनिर्वाचित केन्द्रीय समितीलाई उपस्थित अतिथिहरुबाट बधाई ज्ञापन गर्दै सङ्गठनको आगामी नीति, योजना र कार्यक्रमहरुलाई मध्यनजर गरी समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै भव्यताका साथ सम्मेलन सम्पन्न गरियो । 

अन्त्यमा सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न योगदान पु¥याउनु हुने प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरु, आयोजक समितीका सदस्यहरु, प्रतिनिधि पर्यवेक्षक साथीहरु, कलाकार साथीहरु, प्रचार प्रसारमा सहयोग पु¥याउनु हुने संचार संस्था र संचारकर्मी (पत्रकार) मित्रहरु, सुरक्षाकर्मी मित्रहरु, आर्थिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोगी मित्रहरु, व्यवस्थापकीय हिसाबले अतुलनीय सहयोग गर्ने नेकपा लुम्बिनी ब्युरो, कपिलवस्तु जिल्ला र स्थानीय जनसमुदाय लगायत सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण शुभेच्छुक मित्रहरु लगायत सम्पूर्ण आदरणीय मित्रगण एवं जनसमुदाय प्रति नवनिर्वाचित केन्द्रिय समिती हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछ ।"

अ ने म संघ क्रान्तिकारीको २०७७ फाल्गुण २४ र २५ गते सम्पन्न भएको सातौं राष्ट्रिय सम्मेलनबाट पारित समसामयिक राजनीतिक प्रस्ताव :

१. नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारबीच भएको ३ बुँदे सहमती कार्यान्वयन गर ।

२. दलाल संसदिय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर ।

३. साम्राज्यवादी अतिक्रमण र वैदेशिक हस्तक्षेप बन्द गर । 

४. महिलाहरुलाई राज्यसत्ताका हरेक क्षेत्रमा विशेष अधिकार सहित समानुपातिक प्रतिनिधित्वको ज्ञारेन्टी गर । 

५. महिला माथि भईरहेका सबैखाले उत्पीडन (सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक, धार्मिक) अन्त्य गर ।

६. महिलालाई अंश र वंशको अधिकार सुनिश्चित गर ।  

७. महिला माथि गरिने सम्पूर्ण हिंसा बन्द गर ।  

८. यौन हिंसा, बलात्कार र हत्या जस्ता जघन्य अपराधका अपराधीलाई कडा भन्दा कडा कारवाही गर । 

९. कार्यस्थलमा महिला माथि गरिने हिंसा र अपमान बन्द गर ।

१०. देह व्यापार अन्त्य गर्दै सम्मानित जीवन यापनको ज्ञारेन्टी गर ।

११. चेलीबेटी बेचबिखन बन्द गर ।

१२. दाईजो प्रथा अन्त्य गर ।

१३. समान कामको समान ज्याला लागु गर । 

१४. सिन्डीकेट प्रथाको अन्त्य गर्दै प्रतिस्पर्धात्मक रोजगारीको ज्ञारेन्टी गर । 

१५. भौतिक र बौद्धिक श्रम गर्ने श्रमिक महिलाहरुको न्यून बेतन र श्रम शोषण अन्त्य गर्दै उचित पारिश्रमिकको व्यवस्था गर । 

१६. महिलालाई विज्ञापनको साधन बनाएर मुनाफा कमाउने व्यवस्थाको अन्त्य गर । 

१७. वैदेशिक रोजगारीमा गएका महिलाहरुको जीवन रक्षाको ज्ञारेन्टी गर

१८. सम्पूर्ण महिलाहरुलाई स्वदेश मै रोजगारीको व्यवस्था गर । 

१९. जाँडरक्सी, जुवातास, लागु औषध लगायतका सामाजिक बिकृती, विसंगती बन्द गर । 

२०. लागु औषधका कारोवारीलाई कडा भन्दा कडा कारवाही गर । 

२१. लागु औषध दुव्र्यसनमा फसेका युवायुवतीहरुलाई दुव्र्यसन मुक्त गरी सामाजिक जीवनमा रुपान्तरण हुने वातावरण निर्माण गर । 

२२. वैदेशिक रोजगारीमा जाने श्रमिक माथि हुने ठगीधन्दा नियन्त्रण गर । 

२३. भ्रष्टाचार, महंगी, चर्को कर वृद्धि तथा कमिसनखोरी खारेज गर । 

२४. बैंक तथा बित्तिय संस्थाका चर्को ब्याज मिनाहा गर । 

२५. स्वरोजगारका लागि सर्वसुलभ ऋणको व्यवस्था गर । 

२६. महिलाहरुलाई छात्रवृति तथा उच्च शिक्षाको सहज पहुँचको विस्तार गर ।  

२७. महिला तथा बालबालिकाहरुलाई निःशुल्क उपचार तथा सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर । 

२८. सहिद परिवार, बेपत्ता परिवार, घाईते, अपाङ्गता भएका योद्धाहरुलाई औषधी उपचार सहित सम्मानित जीवन यापनको व्यवस्था गर । 

२९. अ ने म संघ क्रान्तिकारी जिन्दाबाद !

३०. वीर सहिद लाल सलाम !

३१. एकीकृत जनक्रान्ती जिन्दाबाद !