Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
कपिलवस्तुमा नेकपाद्धारा विरोध प्रदर्शन - Janabato

कपिलवस्तुमा नेकपाद्धारा विरोध प्रदर्शन

नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग

कपिलवस्तुमा नेकपाद्धारा विरोध प्रदर्शन

माघ ३, बुटवल । नेकपा कपिलवस्तुले केन्द्रीय संघर्षको कार्यक्रम अनुसार केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, सुदर्शन, रणबीर, वीरजंग, ओमप्रकाश पुन, माइला लामा, आदर्शलगायत नेता कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा प्रदर्शन गरेको छ । 

विरोध सभामा वक्ताहरुले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले नेकपाका नेता कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसको विरुद्ध शसक्त प्रतिरोध गर्ने बताएका छन् । 
वक्ताहरुले नेकपाले दलाल पुँजीवादी सरकारको गलत क्रियाकलापको विरुद्ध देशब्यापी संघर्ष गरिरहेको बेला उनीहरुको चरित्र उदांगिएपछि पार्टीमाथि दमन प्रतिबन्ध गरेको बताए । उनीहरुले नेकपाका नेता धर्मेन्द्र बास्तोला, सुदर्शन, रणवीर, ओमप्रकाश पुन, वीरजंग, माइला लामा, आदर्शलगायत नेता कार्यकर्तालाई रिहा नगरे केपी वली र उसको गृहप्रशासनले महंगो मूल्य चुकाउनुपर्ने बताए । 

२०७७ पुस २९ गते दिउसो ३ बजे नेकपाका सचिवालयका कञ्चन, विवेक, विशाल लगायतलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट प्रहरीले गिरफ्तार गरेपछि नेकपाका महासचिव विप्लवले वक्तव्य जारी गर्दै माघ १० गतेसम्मको एकहप्ते संघर्षको कार्यक्रम घोषणा गरेका थिए ।