नेकपाका महासचिव विप्लव र प्रचण्डबीच भेटवार्ता 

बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्तामा जनता र राष्ट्रका समस्याका विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा महासचिव विप्लवले नयाँ सरकार बनेको सन्दर्भमा आफ्नो पार्टी र ओली सरकारबीच भएको तीनबुँदे सहमतिको स्वामित्व नयाँ सरकारले लिनुपर्ने बताएका थिए । प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका समस्याहरूको बारेमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी गतिदिने भन्ने विषयमा आफ्नो धारणा राखेको बताइएको छ । प्रचण्डनिवास खुमलटार काठमाडौँमा बुधबार भएको सो भेटवार्तामा नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि उपस्थित थिए ।

भेटवार्ताको क्रममा नेकपाका महासचिव विप्लव र कञ्चनले प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।