सल्यानमा महँगी र कालोबजारी विरुद्ध प्रदर्शन

सल्यान । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को आयोजनामा सल्यानमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

मङ्गलबार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर, किसानले उत्पादन गरेको बस्तुको उचित मूल्य निर्धारण गर, कोभिड १९ विरुद्धको खोप निशुल्क सम्पूर्ण नागरिकलाई व्यवस्था गर, जातीय विभेद अन्त्य गर, बलात्कारीलाई कडा कार्बाही गर, बैकल्पिक शिक्षण विधिको व्यवस्था गर, विभिन्न बाहनामा लिइने चर्को शुल्क खारेज गर, विद्यार्थीहरुलाई ४५% भाडा दर अनिवार्य छुट गर, विद्यार्थीहरुको बन्दाबन्दी अवधिको कोठा भाडा छुट गर, नेकपा र सरकारबीच भएको ३ बुँदे सहमती कार्यान्वयन गर, जनता लाई शासन व्यवस्था चुन्ने अधिकार प्रदान गर लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित व्यक्तिगत दुरी कायम गरि विरोध प्रदर्शन गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै युवा सङ्गठन नेपाल सल्यानका अध्यक्ष प्रकाश गिरिले महँगी, कालो बजारी नियन्त्रणको माग गर्दै गरिखाने वर्गलाई कोरोनाले पारेको असर राज्यले तुरुन्त सम्बोधन गर्न माग गरे । 

विरोध कार्यक्रमको सन्चालन गरेका अखिल (क्रान्तिकारी) सल्यानका उपाध्यक्ष राजेन्द्र खड्काले सैक्षिक विकृतिको अन्त्य गर्न माग गरे । साथै उनले बन्दाबन्दीमा बैकल्पिक शिक्षण विधि अबलम्बन गरि पठनपाठन सुचारु गर्न र विद्यार्थी, अभिभावकको ढाड सेक्ने गरी विभिन्न शिक्षण संस्थाहरुले लिईहेको चर्को शुल्क खारेज गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराए । 

कार्यक्रममा नेकपा, युवा सङ्गठन नेपाल लगायत जबस मोर्चाका नेता–कार्यकर्ताहरूको सहभागिता थियो ।