पुष १२, बुटवल । नेकपाका महासचिव विप्लवले वामपन्थी नेता एवं चिन्तक स्वनाम साथीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले शनिवार एक प्रेस वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट आन्दोलनका हस्ती कमरेड स्वनाम साथीको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।
महासचिव विप्लवले विज्ञप्तीमा भनेका छन्, “इन्मानदार कम्युनिस्ट नेता सर्वहारा जीवन शैली र माक्र्सवादप्रति आजीवन निष्ठा र प्रतिबद्ध कमरेड सोनाम साथीप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।”
महासचिव विप्लवले कमरेड स्वनाम साथीको शोकाकूल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
स्वनाम साथी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । पछिल्लो पटक उनलाई निमोनिया रोगले च्यापेपछि प्रदर्शनीमार्गस्थिति मोडेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उपचारत रहँदा रहँदै शुक्रवार बेलुकी उनको निधन भएको हो ।
केही समयअघि सोनाम साथीलाई कोरोना संक्रमण पनि भएको थियो । पाटन अस्पतालमा कोरानोको लामो र गम्भीर उपचार पछि उनी निको भएका थिए ।
कम्युनिष्ट सिद्धान्तलाई बोली र आदर्शमा मात्रै हैन, व्यवहारमा नै समेत अभ्यास गरिरहेका सोनाम साथी नेपाली वामपन्थी आन्दोलनमा एक सच्चा आदर्शवादी चिन्तक एवं अगुवा मानिन्छन् । उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्