पाठ्यक्रम निक्र्यौल नहुनु सरकारी गैरजिम्मेवार:अखिल (क्रान्तिकारी)

पाठ्यक्रम जनताको आवश्यकता अनुसार निर्माण गर्न माग

पाठ्यक्रम निक्र्यौल नहुनु सरकारी गैरजिम्मेवार:अखिल (क्रान्तिकारी)

पुष १५, बुटवल । अखिल क्रान्तिकारीले कक्षा ११ को पाठ्यक्रम शैक्षिक सत्र अन्त्यतिर आइपुग्दा पनि निक्र्यौल नहुनु सरकारको हदैसम्मको गैरजिम्मेवार भएको बताएको छ । 

संगठनका अध्यक्ष चिरन्जीवी ढकालले एक वक्तव्य जारी गर्दै सरकारले गरेको निर्णय विरुद्ध निजी शैक्षिक संस्थाहरुको अगुवाईमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा र अदालतले उक्त मुद्दालाई लामो समय राखेर लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरिरहेको बताएका छन् । 

वक्तव्यमा पाठ्यक्रम सम्बन्धी समस्यालाई यथाशीघ्र हल गरी विद्यार्थीहरुको शैक्षिक सत्रलाई खेर जान नदिन तत्काल आवश्यक निर्णय लिन संगठनले जोडदार माग गरेको छ । 

वक्तव्यमा नेपालको पाठ्यक्रम विकासको सन्दर्भमा देशको प्राकृतिक साधन स्रोत र मान संशाधनलाई जोड्ने र जनताको आवश्यकता अनुसार विज्ञान र प्रविधिमैत्री निर्माण गर्न माग समेत गरेको छ ।