
प्रदिप राहादी मगर । पौष २०, बुटवल । वि.स. २०४१ सालमा स्थापित सत्यवती -३ ठूलो लुम्पेकको एक नमुना विद्यालय श्री भानु आधारभूत विद्यालयले आफ्नो ३६ औं वार्षिकोत्सव समारोह कार्यक्रम औपचारिक रुपमा सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक खिमलाल राहादी मगरले जानकारी दिनुभएको छ ।
कार्यक्रममा टोल सुधार समितिको संयोजक नरसिंह तरामुले समाजमा भैरहेको सामाजिक विसङ्गती र नकारात्मक सामाजिक संरचना, संस्कारहरुलाई निमित्यान्न पार्नुपर्ने बताउनुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष छविलाल श्रीसले गुणस्तरीय र व्यवहारिक शिक्षा प्राप्तिका लागि समुदायका सम्पुर्ण अभिभावकहरुलाई घरमा र समय समयमा विद्यालय मै उपस्थित भएर उनिहरुको स्वास्थ, अध्ययन, शैक्षिक विवरणहरु प्रती गहन रुपमा चासो दिनुपर्ने र शिक्षकहरू विद्यालयमा समयमा नै उपस्थित भएर विद्यार्थीहरुको पठनपाठनमा विशेष भुमिका खेल्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा बाल क्लब श्री सिर्जनशील विद्यार्थी समुह र रेडक्रसले हाइ जम्प, लङ जम्प, स्किपिङ लगायतका क्रियाकलापहरु आयोजना र पुरस्कार वितरण गरेको थियो । विद्यालयका प्रधानाध्यापक श्री खिमलाल राहादीले आफ्नो ५० औं जन्मदिनको उपलक्ष्यमा विद्यालयलाई रोस्ट्रम प्रदान गर्नुभएको थियो । त्यस्तै, ॐ मोती स्मृति अक्षयकोष द्वारा २०७६ - विद्यालय प्रथम जेनिसा राहादी, कक्षा प्रथम छात्र/छात्रा विद्यार्थीहरु, अनुशासित विद्यार्थी, गरीब जेहन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । र प्रतिभा सम्मान अक्षयकोष, नेपालद्वारा प्रतिभा लगनशील छात्रवृत्ति -२०७६ को पुरस्कार भने पुष्पा रानालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन -२०७६ प्रधानाध्यापक श्री खिमलाल राहादिले प्रस्तुत गर्नुभएको थियो । कोभिड -१९ ले गर्दा यस बर्ष TACA स्तरिय कार्यक्रम संचालन गर्न नसकेको पनि प्रधानाध्यापकले जानकारी गराउनु भयो ।
कार्यक्रम अध्यक्षता विद्यालय व्यस्थापन समितीका अध्यक्ष भिमकुमारी विरकट्टा, स्वागत पुर्व प्रधानाध्यापक कर्ण बहादुर राहादी र संचालन सहायक प्र.अ. विमला पुलामिले गर्नुभएको थियो । श्री भानु आधारभूत विद्यालयले देश र समाजका लागि आवश्यक दक्ष, अर्ध दक्ष, अदक्ष जनशक्तिहरु उत्पादनमा महत्त्वपूर्ण भुमिका खेलेको छ ।
प्रतिक्रिया राख्नुहोस्