हरेस नखाऊ साथी हो !
शब्द : ओमप्रकाश पुन
स्वर र संगीत : आरोह नेपाली
हरेस नखाऊ साथी हो क्रान्तिको बाटोमा
निरास नहोऊ साथी हो जेलको बन्द कोठामा
हार नखाऊ युवा हो लडाइँको मोर्चामा
जीत हाम्रै हुनेछ न्यायको युद्धमा
अन्याय र अत्याचारले सिमा नाघेको छ
भ्रष्टाचारले सारा देशलाई गाजी सकेको छ
उठ जुट जनता हो औजार लिएर
ढालौं अब कालो रात सबै मिलेर
फासिवादी सरकारले देश लुटिराखेको छ
जनताको आवाज माथि गोली ठोकिराखेको छ
उठ सबै क्रान्तिकारी एकजुट भएर
फालौं अब दलाल सत्ता सबै मिलेर
एकीकृत जनक्रान्तिको ठूलै लहर छ
वैज्ञानिक समाजवाद ल्याउने रहर छ
उठ मध्यम वर्ग महिला युवाहरु हो
ल्याउन जनताको राज्य मजदुर किसान हो ।
Tags :
सम्बन्धित खवर
मधेशमा गहुँ काट्ने मसिन
५ वर्ष अगाडि
रणनीतिक संयुक्त मोर्चाद्धारा बुटवलमा प्रदर्शन
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्