नेकपाद्वारा पश्चिम नवलपरासीमा बिरोध सभा 

बर्दघाट नगरपालिकाको जदाहामा बिरोधसभा

नेकपाद्वारा पश्चिम नवलपरासीमा बिरोध सभा 


 माघ ३ परासी । आफ्ना नेता कर्याकर्ताको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले आज पश्चिम् नवलपरासी जिल्लामा बिरोध सभा सम्पन्न गरेको छ ।
 
पार्टीका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बास्तोलाको  बिनासर्त तत्काल रिहाईको माग गर्दै पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाको जदाहामा बिरोधसभा सम्पन्न गर्यो  । कार्यक्रममा  मन्तव्य राख्दै नेकपा नेता गुरुदेवले आफ्नो पार्टीका  नेता बास्तोला लगायत अन्य नेताको तत्काल रिहाई नगरे आन्दोलनको आँधिबेहोरी सिर्जना गर्ने चेतावनी दिनुभयो ।

पार्टी संगठन निर्माणको अभियानमा जुटेका आफ्ना नेतालाई झुट्ठाआरोप लगाई थुनामा राखेको प्रति खेद प्रकट गर्दै उहाँले संघर्षबाट स्थापित नेकपासँग पैठेजोरी नखेल्न राज्यको ध्यानाकर्षण गराउनुभयो ।

सरकारले कोरोनाको बेला जनताको स्वास्थ्यका लागि काम गर्नुको साटो  सरकार जनता प्रती निरङ्कुस भनेको र  पार्टी भित्रको झगडाले संसद विघटन गरि निर्वाचन गर्छु भन्दै कोरोना विरुद्ध लगाउने खोपका लागि चन्दा उठाउनु सरकारले नौटङ्गी गरेको आरोप लगाए । 

नेता कार्यकर्ता तत्काल रिहाइको माग गर्दै नेकपाले  विभिन्न चरणका सर्घषका कार्यक्रम अन्तर्गत आज बिरोध सभा गरेको हो।