नवलपुरमा अखिल (क्रान्तिकारी)द्धारा विरोध सभा

दमन र प्रतिबन्ध विरुद्ध शसक्त संघर्ष आवश्यक 

नवलपुरमा अखिल (क्रान्तिकारी)द्धारा विरोध सभा

माघ ८, बुटवल । नवलपुरको बुलिङटारमा अखिल (क्रान्तिकारी) ले विरोध सभा सम्पन्न गरेको समाचार प्राप्त भएको छ । 
विरोध सभामा नेकपा लुम्बिनी ब्युरो अन्तर्गत ९ नं. जिल्लाका सेक्रेटरी हिमालले नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई गैरन्यायिक ढंगले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका थिए । उनले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले नेकपामाथि दमन र प्रतिबन्ध लगाएको भन्दै त्यसको शसक्त प्रतिरोध गर्नुपर्ने बताए । 

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं नवलपुर इन्चार्ज शारदा भण्डारीले पार्टीका केन्द्रीय नेता बास्तोलालगायत केन्द्रीय नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै त्यसका लागी देशभर शसक्त संघर्ष आवश्यक भएको बताए । 

नेकपाले बास्तोलालगायत नेताका कार्यकर्ताहरुको रिहाइका लागी देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । संघर्षको कार्यक्रमअनुसार नेकपाले माघ १० गते नेपाल बन्दको आब्हान समेत गरेको छ ।