भगीरथी–हत्याकाण्डबारे सत्यतथ्य सार्वजनिक गर : विप्लव

घटनालाई बिषयान्तर गरिए स्वीकार्य हुनेछैन : नेकपा

भगीरथी–हत्याकाण्डबारे सत्यतथ्य सार्वजनिक गर : विप्लव

माघ २६, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बैतडी, दोगडाकेदारस्थित सिर्कोटमा रहेको सनातन धर्म माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनर विद्यार्थी भगीरथी भट्टको बलात्कार गरी हत्या गरिएको घटनाबारे छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न अपील गरेका छन् । 

सोमबार एक वक्तव्य जारी गर्दै महासचिव विप्लवले सरकारले निर्मला पन्तका हत्याराहरुलाई कारवाही गर्न नसकेका कारण भट्टको हत्याकाण्ड शृङ्खला दोहोरिएको भन्दै यस प्रकारको बर्बर र पाशविक हत्याकाण्डको घोर निन्दा एवं भत्सर्ना गरेका छन् । महासचिव विप्लवले घटनाबारे अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताउँदै  अनुसन्धान कार्यलाई गम्भीर रुपमा लिनुपर्ने बताए । उनले घटनाप्रति नजरअन्दाज गरिए र बिषयान्तर गरिए कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।