कञ्चनपुर/अखिल (क्रान्तिकारी) कञ्चनपुरले बैतडी जिल्ला, दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको छ । अखिल(क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरको आयोजनामा बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगर र भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगर दुई स्कूलबाट निकालिएको र्याली करिब २ किलोमीटर हिँडेर कोण सभामा परिणत भएको थियो । विप्लव निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको हत्याराको कार्वाहीको माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।
भागिरथि भट्टको घटना निर्मला पन्त लगायतका बाल्तकृत बालिकाको जस्तै अन्योलमा नराखी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् । वर्तमान राज्य व्यवस्था सामाजिक दलाल पँुजीवादीहरुले संचालन गरिरहेका छन् । उक्त सत्तालाई जबसम्म राज्य व्यवस्था दलाल पुँजीवादीहरुले संचालन गर्छन् तबसम्म यस्ता घटनाहरु दिन प्रतिदिन झन डरलाग्दो तरिकाले घट्दै जाने समेत बताएका छन् ।
उक्त व्यवस्थाका अन्त्यका विकल्प देशमा बैज्ञानिक समाजवादी व्यवस्था भएमात्र जनताले शान्ति, सुरक्षा पाउने कुरा निश्चित छ भनेर विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष ललित एसकेले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्