बुधवार १ सय २५ जना कोरोना संक्रमित

फागुन ५, बुटवल । बुधवार नेपालमा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यो संगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवार ९१ जना संक्रमण मुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ३ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।