मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण

साढे २६ किलोमिटर लामो सुरुङ

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण

फागुन १०, बुटवल । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण आज गरिँदै छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।