अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को अभियान जारी

अभियानको ७ औं दिन २५ सदस्यीय इकाई कमिटी गठन

अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को अभियान जारी

प्रदीप राहादी मगर । पुष २०, बुटवल । नेपाल कम्युनिस्ट पार्टिको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले "शैक्षिक क्षेत्रमा गुणस्तर र भ्रष्टाचार विरुद्ध विद्यार्थी अभियान" भन्ने मुल नाराका साथ अभियानको ७ औं दिन जिल्लाको एक माध्यमिक विद्यालयमा २५ सदस्यीय इकाई कमिटी गठन संगठन गरेको जिल्ला अध्यक्ष नवीन खड्काले जानकारी दिनु भयो ।

शिक्षकहरु सङ्ग अन्तरक्रियामा बोल्दै अध्यक्ष खड्काले शैक्षिक क्षेत्रको गुणस्तरको लागि शिक्षण क्षेत्रमा आवद्ध सम्पूर्ण शिक्षकहरुलाई ईमानदारी पुर्वक शिक्षण क्षेत्रलाई मर्यादित बनाउन निर्देशन दिनु भएको थियो । साथै अध्यक्ष खड्काले एकीकृत जन क्रान्तिको महान यात्रामा इट्टा थप्न आ-आफ्नो ठाउँ बाट देशभक्त र क्रान्तिकारी शिक्षकहरुलाई सहयोग गर्न तथा एक हुन अपिल गर्नु भएको थियो ।

अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्लाका विभिन्न ठाउँहरुमा विद्यार्थी अभियानलाई निरन्तर अगाडि बदाउदै आएको छ ।