पुष २०, बुटवल । नेत्रविक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्ला सेक्रेटरी सावित्री अधिकारी क. विदुषि ७३ दिनको हिरासत बसाईपछि सर्वोच्च अदालतको आदेशमा रिहा हुनु भएको छ ।
दलाल राज्यसत्ताले विदुषिलाई फरक आस्था र विचार राखेकै आधारमा बाटोमा हिडिरहेको अवस्थामा गैरन्यायिक तरिकाले उनिहरुका मतियारहरु लगाएर बिना पक्राउ पुर्जी गुण्डा शैलिमा गिरफ्तार गरेको थियो । गिरफ्तार पश्चात् उनलाई केही दिन बेपत्ता पारेर चरम यातना समेत दिइएको थियो ।
घरमा आएर उनको परिवारलाई समेत मानसिक यातना दिने, परिवारका सदस्यहरुले काम गरिरहेको अवस्थामा आँखामा पट्टी बाँधेर दिनभरी बेपत्ता बनाउने, घर खानतलासी गर्ने लगायतका अमानवीय व्यवहारहरु गरेर विदुषिलाई दलाल राज्यसत्ताका मतियारहरुले झुटा मुद्दामा फसाउन खोजेको थियो । सर्वोच्च अदालतले फरक आस्था र विचार राखेकै आधारमा गिरफ्तार नगर्न आदेश दिदा पनि विदुषिलाई अदालत बाटै चारौ पटक सम्म गिरफ्तार गरेको थियो ।
विदुषि आइतबार पाँचौ पटकमा ७३ दिन पछि रिहा हुनुभएको हो । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टिका अधिकाश नेताकार्यकर्ताहरुले जेल र हिरासतको जीवन भोगिरहेका छन ।
प्रतिक्रिया राख्नुहोस्