फागुन ११, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
पार्टी जिल्ला इन्चार्ज ध्रुवले सम्मेलनलाई सम्बोधन गर्दै देशमा संकट आएको बेला युवाहरू जागेर देशको समस्याको समाधान गर्न अग्रसर हुनुपर्ने बताए ।
जिल्ला सेक्रेटरी यामराजले युवाहरू सचेत हुँदै देश र जनताको मुक्तिका लागि एकिकृत जनक्रान्तिको बाटोमा अगाडी बढ्दै वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
चार दर्जन युवाहरूको व्यापक सहभागितामा सम्पन्न उक्त सम्मेलनले डेभिडको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन समेत गरेको समाचारमा जनाइएको छ । इनद्रको सञचालनमा रहेको उक्त सम्मेलनको प्रमुख आतिथ्यता पार्टी जिल्ला इन्चार्ज ध्रुव र अध्यक्षता डेभिडले गरेका थिए ।
Tags :
सम्बन्धित खवर
दलालहरूको विरुद्धमा संघर्ष गरौं !
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्