धनलाल थापाको निधनप्रति नेकपा बाजुराद्धारा श्रद्धाञ्जली

जिल्ला इन्चार्ज एण्ड्रिजद्धारा शोक वक्तव्य

धनलाल थापाको निधनप्रति नेकपा बाजुराद्धारा श्रद्धाञ्जली

चैत्र २१, बुटवल । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाजुराले युवा संगठन नेपालका जिल्ला सदस्य तथा एकीकृत जनक्रान्तिको महान् यात्रामा झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका अम्मलाल थापाका बुवा धनलाल थापाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ  । 


जिल्ला इन्चार्ज एण्ड्रिजले शुक्तबार शोक वक्तव्यमार्फत बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं. १ को नेटामा बुवा धनलाल थापाको बिहिबार बिरामीका कारण निधन भएको खबरले अत्यन्तै दुःखी भएको भन्दै मृत शरिरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

जिल्ला इन्चार्ज एण्ड्रिजल शोक वक्तव्यमा भनेका छन्, 'हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्यनिस्ट पार्टी बाजुराको युवा संगठन नेपालका जिल्ला सदस्य तथा एकीकृत जनक्रान्तिको महान् यात्रामा झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका कमरेड अम्मलाल थापाका बुवा धनलाल थापाको २०७७/ १२/ १९ गतेका दिन आफ्नै घर बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं.१ को नेटामा बिरामीका कारण निधन भएको खबरले हाम्रा पार्टी अत्यन्तै दुःखी भएको छ । यस दुःखद घडीमा उहाँको मृत शरिरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गदछौँ ।’