Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
जनपत्रकार संगठनद्वारा स्याङ्जामा दुई पत्रकार सम्मानित - Janabato

जनपत्रकार संगठनद्वारा स्याङ्जामा दुई पत्रकार सम्मानित

इच्छुक स्मृति पुरस्कारबाट स्याङ्जाका दुई पत्रकारलाई सम्मान

जनपत्रकार संगठनद्वारा स्याङ्जामा दुई पत्रकार सम्मानित

स्याङ्जा : २६ औ जनयुद्ध दिवसको सन्दर्भ पारेर जनपत्रकार संगठन नेपाल स्याङ्जा शाखाले इच्छुक स्मृति पुरस्कारबाट स्याङ्जाका दुई पत्रकारलाई सम्मान गरेको छ । जनपत्रकार संगठन नेपालले जनयुद्ध दिवसको अवसरमा सम्मान गरेको हो ।

स्याङ्जामा जनपक्षिय पत्रकारिता आन्दोलनमा खेलेको भुमिकाको मुल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष तथा गोरखापत्र स्याङ्जा समाचारदाता अर्जुन काफ्ले र नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष एवम् थाहा खबरकर्मी मिलन विश्वकर्मालाई सम्मान गरिएको हो । काफ्ले र विश्वकर्मा विगत लामो समय देखी पत्रकारीता क्षेत्रमा क्रियाशिल छन् ।

क्रान्तिकारी पत्रकार संघ स्याङ्जाको संस्थापक अध्यक्ष काफ्ले र पाल्पाका संस्थापक सचिब बिकलाई सम्मानपत्र, दोसल्ला र जनही १० हजारले सम्मान गरिएको हो । स्याङ्जाको अर्जुन चौपारी–३, का काफ्ले र कालिगण्की–४, का बिक जनयुद्धकालिन पत्रकार समेत हुन । वालिङमा गरिएको सम्मान कार्यक्रममा जनपत्रकार संगठन नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,विद्रोही नेकपाका स्याङ्जा जिल्ला इन्चार्ज रुबेलने, जिल्ला सेक्रेटरी सागर,जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक रमाकान्त बास्तोला, जनपत्रकार संगठन नेपाल कास्की सचिव सुदिप भट्टराई लगायतले सञ्चारकर्मीले सधैं जनताको हितमा कलम चलाउन आग्रह गरेका थिए ।

वक्ताहरूले नेपाली जनताले उठाएका जनपक्षीय मुद्दामा मिडियाले बिशिस्ट खालको भुमिका निर्वाह गर्नु पर्ने भन्दै जनयुद्धका मुल्य,मान्यता र आदर्शलाई आन्दोलन संगै निरन्तर अगाडि बढाउन सबैलाई अनुरोध गरेका थिए । कार्यक्रमका वक्ताहरु कृष्णसेन ईच्छुकका सपना पूरा नभएको भन्दै ईच्छुकका सपना पूरा गर्न दृढता पुर्वक अगाडि बढ्नुपर्ने कुरा जोड दिएका थिए । सम्मानित पत्रकार काफ्ले र विश्वकर्माले नेपाली जनताको पक्षमा गरिएको परिवर्तनकारी आन्दोलनमा आफुहरुको सधैं सहयोग हुने बताएका थिए भने सम्मानित गर्ने जनपत्रकार संगठन नेपाल स्याङ्जा शाखालाई बिशेश धन्यवाद समेत व्यक्त गरेका थिए ।