अनिल नेपाली । फागुन २, अर्घाखाँची । महान जनयुद्व दिवसको २६ औ उत्सवको अवसरमा प्रचण्ड – माधव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला समिति अर्घाखाँचीको आयोजनामा अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुलाई होर्लेक्स तथा फलफुल वितरण गरेको छ ।
फलफुलल वितरणपछि भएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य तथा महिला नेतृ छमकुमारी खनाल चिनारीले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान केही प्रतिक्रियावादी अराजक महत्वकाक्षी तत्वका कारण समाप्त हुने स्थितिमा पुगेकोले यसको रक्षाको लागि सबै लाग्न पर्ने बताउदै जनयुद्व ऐतिहासिक र परिवर्तनको जग भएकोले र जनयुद्धको उपलब्धीलाई रक्षा गरि अगाडि बढ्न पर्ने जोेड दिदै जनयुद्ध शान्तिमा प्रक्रियामा रुपान्तरण हुँदै अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको भन्दै उनले सोही उपलव्धिमाथि भएको प्रहार विरुद्ध एकजुट हुन सबैलाई आग्रह गरिन् । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता प्रेम नारायण गैरेले जनयुद्व आफैमा परिवर्तनको जग भएकोले ती उपलब्धिलाई सबै मिलेर रक्षा गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा नेकपाका प्रदेश सदस्य पिताम्बर भुसाल , जिल्ला कार्यालय सदस्य राजेन्द्र भुसाल , सरोज भुसाल, एकीकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय उपाध्यक्ष मान ब. पाण्डे लगायतका नेताको उपस्थिति रहेको थियो । जनयुद्व दिवसको उपलक्ष्यमा जिल्ला अस्पतालमा रहेका करिब २० जना बिरामीलाई फलफुल वितरण गरिएको थियो ।
क्यान्सर रोगबाट पिडित ४० बर्षीय खिम बहादुर नेपालीका घरमा करिब २ बर्षदेखि घरमा चुलो बल्न छोडेको र लामो समयदेखि ज्याला मजदुरी गरि जीवन चलाउदै आएका नेपाली करिब २ बर्षदेखि क्यान्सर रोगबाट ग्रसित छन । नेपालीको आफूसँग भएको धन सम्पति उपचारमा सकिएपछि ओछ्याउनमा जीवन बिताउँदै आउनुभएको छ । नेपालीलाई आफ्नो त पिडा छदैँ छ, त्यसैमाथि पनि श्रमितीको पिडा पनि थपिएको छ । ३७ बर्षीया श्रीमती सर्मिला नेपालीको खुट्टा भाचिएपछि अहिले घरमा सबै जना विरामी रहिआउनुभएको छ । उपचार पाएमा नयाँ जीवन पाउन सकिन्छ भन्ने सोच भएका नेपालीलाई जीवन बचाउनका लागि सबैले आर्थिक सहयोग गर्नुपर्ने अभियान्ता शिला नेपालीले बताउनुभएको थियो । नेपालीको २ छोरा र २ छोरी रहे पनि साना साना रहेकाले आर्थिक अवस्था जटिल बनेको बताउँदै आफ्नो परिवारलाई नयाँ जीवनमा रुपान्तरण गर्नका लागि सबैलाई अपिल गर्नुभएको थियो । क्यान्सर रोगबाट ग्रसित रहेका नेपालीको उपचारका लागि अभियान्ता शिला नेपालीले जटिल रोग भएकोले उपचारमा सघाउ पु¥याउनको लागि सहयोग गरिदिनको लागि सबैमा अपिल गरिन । अभियान्ता नेपालीले अहिलेसम्म सन्धिखर्क नगरपालिकाबाट रु. ५,०००, मिना बस्याल र गोपाल भट्टाराईबाट रु. ५,००० , सन्जय नेपालीबाट रु. १२,००० सुरेश नेपालीबाट रु. २,००० दुर्गा नेपालीले रु. १०,००० आर्थिक सहयोग गरेको बताउदै अझै सहयोग गर्न सबैलाई अपिल गरिन ।
प्रतिक्रिया राख्नुहोस्