फागुन २६, बुटवल । अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बन्धु चन्दको अध्यक्षतामा ३७ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा धिरेन्द्र उपाध्याय, महासचिवमा राजकुमारी शाही, सचिवमा उषा घर्ती मगर र कोषाध्यक्षमा कमला लिम्बुलाई निर्वाचित गरेको नवनिर्वाचित केन्द्रीय अध्यक्ष बन्धु चन्दले बताउनु भएको छ । सम्मेलनबारे वक्तव्य जारी गरी थप घोषणा पत्र समेत सार्वजनिक गर्ने केन्द्रीय सचिव उषा घर्ती मगरले बताउनु भएको छ ।
सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्नुभएको थियो । सम्मेलनमा नेकपाका केन्द्रीय कार्यालय सदस्य धर्मेन्द्र बास्तोला, केन्द्रीय सदस्य कृतिलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कपिलवस्तुको शिवगढीमा दुई दिनसम्म चलेको सम्मेलनमा देशभरबाट महिलाहरुको सहभागिता रहेको थियो । सम्मेलन १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सम्पन्न गरिएको हो ।
सम्बन्धित खवर
नेकपाका नेता विरही रिहा लगत्तै पुनः गिरफ्तार
बुटवलमा युवा संगठन नेपालको वैचारिक प्रशिक्षण
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्