१९ वर्षिया बालिकामाथि जबरर्जस्ति करणीको प्रयास

प्रहरीले उक्त घटनालाई ध्यानाकर्षण गरेन : गंगाराम रैदास 

१९ वर्षिया बालिकामाथि जबरर्जस्ति करणीको प्रयास

फागुन २७, कपिलवस्तु । कपिलवस्तुको मायादेवि गाउँपालिका वडा नं. –३ बिचौवापुरका १९ वर्षिया बालिकालाई पाँच जनाको समूहले जबरर्जस्ति करणी गर्न खोजेको पिडित परिवारले जनाएको छ । 

फागुन २३ गते साँझ करिब ७ः३० बजे गंगाराम रैदासको छोरीलाई जबरर्जस्ति करणीको नियतले सोही गाँउका बर्ष २२ का कल्लु यादव , बर्ष २१ का गोले यादव, बर्ष २४ का बिनोद यादव र २ जना अपिचित व्यक्तिहरूको समूहले अमानवीय ढंगले घर भित्रबाट तानेर उनीहरूसंगै लान खोज्दा पिडित बालिकाको भाईले प्रतिकार गरेको जनाइएको छ ।

घटनाको केही समयपछि ईलाका प्रहरी कार्यालयका प्रहरीहरूले सम्झाई बुझाई गरि फर्किएको बुझिएको छ । प्रहरी गएको केही समयमा नै हेलमेत लगाएर आएका करिब ४० – ५० जनाको समूहले गंगारामको घरमा एक्कासी अक्रमण गर्न थालेपछि १ घण्टा सम्म दुवै पक्षबाट द्धन्द चलेको र केही व्यत्ति घाइते समेत भएको बताइएको छ ।

पिडित पक्षबाट घाईते भएका प्रकाश रैदासलाई उपचारको क्रममा लान खोज्दा पुनः गोले यादवले आक्रमण गर्न खोजेका बताइएको छ । 

यसअघि पनि ती समूहले गाउँका सर्वसाधारण जनताहरुलाई सताउँदै आइरहेको थिए । त्यस दिनको झगडा पश्चात हाल सम्म पिडित पक्ष घरमा बस्ने अवस्था नभएको र घर–परिवार, बालबच्चाहरुको सुरक्षा स्थिति अत्यन्त संवेदनशील बन्दै गएको र भैसि चौपायको लागि घाँस काट्न समेत जान डर रहेको पिडित परिवारले बताएको छ  ।

पिडित परिवारले जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुमा किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले उक्त घटनालाई ध्यानाकर्षण नगरेको  अर्थात् वास्ता नगरेको र गंगारामको परिवारलाई उक्त पाँच जनाको समूहले पटकपटक डर–धम्की र त्रास दिईरहेको पिडित परिवारले दुखेसो व्यक्त गरेका छन । 

उक्त घटनामा प्रतिकार गर्न खोज्दा पिडित बालिका र बालिकाको आमालाई समेत चोटपटक लागेको बताइएको छ ।