बौद्धनाथ मा.वि.को ६१ औं वार्षिकोत्सव समारोह 

विभिन्न प्रतियोगितामा बिजयी छात्रछात्रालाई पुरस्कार वितरण

बौद्धनाथ मा.वि.को ६१ औं वार्षिकोत्सव समारोह 

अनिल नेपाली । फागुन २९, अर्घाखाँची । बौद्धनाथ माध्यमिक विद्यालय हंसपुर बामरुको ६१ औं वार्षिकोत्सव समारोह तथा अभिभावक भेला उद्घाटन समारोह सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोह तथा अभिभावक भेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनुभएको छ । वर्तमानमा शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने माध्यम भएको भन्दै उहाँले शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैज्ञानिक ,व्यवसायीक र जनवादी शिक्षाको सुरुवात गरि प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका आचार्यले वर्तमान केपी ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा धेरै सुधार गरेको बताउँदै हरेक बिद्यालयमा सुविधा सम्पन्न भवन,खानेपानी ,सौचालय तथा विद्यार्थीको लागि दिवा खाजा,छात्रवृत्ति लगायतको सुबिधा पुर्याउने कोसिस गरिरहेको बताउनुभयो । उहाँले अभ mैपनि राज्यको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको भन्दै आआफ्नो ठाउँबाट सहयोग पुर्याउन सबैपक्षको ध्यानाकर्षण गराउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरिष्ठ समाजसेवी दलबहादुर भट्टराईको अध्यक्षता र शिक्षक खुमबहादुर खड्काको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख मनिराम पराजुली ,मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थी ,मालारानी गाउँपालिका वडा नं.७ का वडाअध्यक्ष खड्क प्रसाद भुसाल ,समाजसेवी ईन्द्रबहादुर खड्का ,विद्यालयका पुर्व प्रधानाध्यापक द्वय जगन्नाथ मरासिनी ,रामबहादुर बस्नेत ,बिद्यालयका प्रधानाध्यापक मानबहादुर कुँवर ,शिक्षक टंक प्रोख्रेल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा विद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नुका साथै विभिन्न प्रतियोगितामा बिजयी छात्रछात्रालाई पुरस्कार समेत बितरण गरिएको थियो ।