आधारभूत पत्रकारिता तालिम को उद्धघाटन सत्र शुरु 

तालिमको उद्घाटन नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले गरेका छन् ।

आधारभूत पत्रकारिता तालिम को उद्धघाटन सत्र शुरु 

चैत २, बुटवल । रातोखबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार सङ्गठनको संयुक्त आयोजनामा आधारभूत पत्रकारिता तालिमको उद्धघाटन सत्र शुरु भएको छ । 

“प्रेस तथा स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकार रक्षा र सामाजिक उतरदायित्वका लागि जनपत्रकारिता” भन्ने मूल नाराका साथ् बिहान ११ बजे बागबजारस्थित हार्दिक होटलमा शुरु भएको तालिमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बाँस्तोलाले गरेका छन् ।

कार्यक्रममा लेखक तथा संस्कृतिकर्मी अनिल शर्मा बिरही,वरिष्ठ पत्रकार युवराज घिमिरे, बरिष्ठ अधिवक्ता एकराज भण्डारी,रातो खवर प्रकाशन गृहका निर्देशक बसन्त श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टलगायतको उपस्थिति रहेको बताइएको छ ।