चैत २, बुटवल । क्यान महासंघले क्यान इन्फोटेक २०२१ का सन्दर्भमा पत्रकार सम्मेलन गरी विभिन्न कार्यक्रम तथा योजनाहरू सार्वजनिक गरेको छ ।
क्यान महासंघले एक विज्ञप्ति मार्फत क्यान इन्फोटेक २०२१ को सन्दर्भमा विभिन्न कार्यक्रम तथा योजनाहरू सार्वजनिक गरेको हो ।
विज्ञप्तिको पूर्ण पाठ :
क्यान महासंघ
सूचना तथा संचारप्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित यस कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति÷ विज्ञ, व्यवसायीहरु र संघ–संस्थाहरुको छाता संगठन हो । राष्ट्रियस्तरको संघबाट सन् २०१५ मा क्यान महासंघमा विकसित यसले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरुको हकहितका लागि काम गर्दै आएको, सूचनाप्रविधिसंबन्धि अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै आईरहेको र सूचनाप्रविधिसम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ ।
यसै सन्दर्भमा राष्ट्रको राजनैतिक आमूल परिवर्तनपछि नयाँ नेपालको परिकल्पना गरेका सबै नेपालीको चाहनाअनुरुप यस क्षेत्रको उपलब्धिमूलक विकास, प्रवद्र्धन एवं सबै नेपाली जनतालाई सूचना प्रविधिबारे सहज ज्ञान दिलाउने उद्देश्यले बिगत २७ वर्ष देखि क्यान इन्फोटेक (सूचना तथा संचार प्रविधि प्रदर्शनी) आयोजना गर्दै आएको, ज्ञानमा आधारित समाज निर्माणमा योगदानका निमित्त विगत २० वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ सम्मिलित अन्तराष्ट्रिय सूचनाप्रविधि सम्मेलन पनि गर्दै आएको छ ।
सरकारले लिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ र सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीतिहरुको उद्देश्य तथा लक्ष्य हासिल गर्न, नेपालभित्र ५८ जिल्ला, ७ प्रदेश र केन्द्रमा निर्वाचित समितिहरु रहेको तथा जापान र अमेरिकामा अन्तराष्ट्रिय च्याप्टरहरुमार्फत आफ्नो संजाल बनाएको क्यान महासंघले प्रत्यक्षरुपमा समुदायस्तरमा नेतृत्वदायि भुमिका गरिरहेको छ ।
क्यान इन्फोटेक २०२१ आगामी बैशाख २८ देखि जेठ २ सम्म आयोजना हुने
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा गत बर्ष हामिले इन्फोटेकको २६ औं संस्करण सफलता पुर्वक सम्पन्न गरेका छौ । कोभिड–१९ का कारण, दुर्भाग्यवस, हामिले योजना गरेअनुसार काठमाडौं सहित सात प्रदेशमा ९ वटै इन्फोटेक गर्न सकेनौं, र पनि, काठमाणडौसहित ५ प्रदेशमा ७ वटा इन्फोटेक आयोजना गर्न सकेका थियौ ।
सोहि क्रममा कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्षको “क्यान इन्फोटेक २०२१” आगामी २०७८ साल बैशाख २८ गतेदेखि जेठ २ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । नेपालमा सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी (Trade Show) को यो २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।
विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण (Jan/Feb) महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, यो वर्ष २०२१ मा भने कोविड–१९ का कारण गत वर्ष भन्दा करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ ।
आमजनजीवन तथा स्वास्थ्य तथा सुरक्षामा महामारीले पार्न सक्ने संभावित असरका कारण तथा कोभिड–१९ संक्रमणको अवस्थालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय, उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको विभिन्न मितिमा भएको बैठकवाट धेरै मानिसहरु भेला÷जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका भीडभाड हुने क्रियाकलाप हुन/गर्न नदिन गर्नुभएको अनुरोधहरुलाई ध्यानमा राख्दै, यो वर्षको प्रदर्शनी योजना गर्न नसकिने हो कि भन्ने अवस्था थियो ।
तर ढीलै भए पनि क्यान महासंघले क्यान इन्फोटेकको आयोजनाको प्रवन्ध मिलाएको छ । यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित भएका तथा नभएका सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपैक्षा क्यान महासंघले लिएको छ । यसवीचमा सुचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने हाम्रो प्रयास रहने छ ।
साथै, महामारी तथा बन्दाबन्दीका बेलामा देखिएको सूचना तथा संचार प्रविधिको अपरिहार्यताले संवन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यस क्षेत्रप्रति थप आकर्षित गरेको हामि सबैले महशुस गरेका छौं । त्यसैले पनि यो वर्षको क्यान इन्फोटेक अझ विशेष हुने हाम्रो अपेक्षा छ ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन (Title Sponsor) प्रभु पेले गरेको छ, सह–प्रायोजन (Associate Sponsor) वल्र्डलिंक कम्युनिकेशनको रहेको छ साथै प्राज्ञिक साझेदार (Academic Partner) को रुपमा सनवे कलेज र डिजिटल डिस्प्ले साझेदार(Digital Display Partner ) को रुपमा अल्ट्रा एल.इ.डि.(Ultra LED) रहेको छ । प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भरका साथै प्रिण्ट र अफिसियल प्रायोजन आजैका मितिदेखि खुला गरिएको छ । प्रायोजकहरुले स्तरअनुसारको स्टल तथा भिआईपी तथा सामान्य पासहरु, उद्घाटन र समापन समारोहमा निम्ता, सञ्चारमाध्यका विज्ञापनमा लोगो तथा गेट तथा अन्य प्रवद्र्धनका सामग्रीमा लोगो प्रदर्शनीलगायतका सुविधाहरु पाउने छन् ।
सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने बिश्वास पनि हामीले लिएका छौं। क्यान इन्फोटेक २०२१ ले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने छ ।
क्यान इन्फोटेक २०२१ मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा सुचना तथा संचार प्रविधि सम्वन्धि रोजगार केन्द्र मुख्य हुने हामिले ठानेका छौं ।
प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।
त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् ।
गत वर्ष करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इनफोटेकको यो संस्करणमा सोहि संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं । यस पटकको इन्फोटेकमा प्रवेश टिकट लाई पेपरलेस गर्नेछौं । साथै क्यान इन्फोटेक २०२१ का लागि मिति २०७७ चैत्र ८ गते देखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ्ग समेत खुल्ला हुनेछ।
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अन्तक्र्रिया
क्यान इन्फोटेक घोषणा कार्यक्रमको अवसर पारेर क्यान महासंघले मिडिया क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी एक अन्तक्र्रिया कार्यक्रम पनि आयोजना गरेको छ ।
वरिष्ठ पत्रकार प्रतीक प्रधानले सो कार्यक्रममा किनोट वक्ताको रुपमा मिडियामा आइसीटीले पारेको प्रभावबारे प्रवचन दिएका थिए । अवको मिडिया आईसीटीको विकाससँगै अगाडि बढ्ने र नयाँ मिडियाको प्रभाव निरन्तर बढिरहने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मिडियालाई जवाफदेही बनाउनु पर्ने आवश्यकता रहेको बताए । मिडियाको दर्ता, अनुगमन र कारवाहीका लागि एक विशेष निकायको आवश्यकता रहेको उनको भनाइ थियो ।
नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले दूर्गम क्षेत्रमा आईसीटीको विस्तार हुन नसकेको र मिडियाको पनि त्यसतर्फ कम ध्यान गएको बताए ।
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोनाभाइरसले सिर्जना गरेका थोरै महत्वपूर्ण अवसरमध्ये सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को विकास र विस्तार भएको बताए ।
यस विचमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन ह्वात्तै बढेको तथा डिजिटल पेमेण्टहरुको ग्राहक आधार २० देखि ४० प्रतिशसम्मले बढेको उनको भनाइ थियो ।
यो समग्र विकासले सुशासनमा मद्दत पुगेको छ । विद्युतीय सुसाशनका लागि प्रविधिको पहुँच त्यसको पहिलो शर्त हो भने प्रयोगमा सहजता दोस्रो खुड्किलो हो, उनले भने ।
भ्रष्टाचार निवारण तथा सुशासन, द्रुत तथा भरपर्दो सेवा प्रवाहका लागि ई–गभर्नेन्सको विकल्प नभए पनि नेपालको आईसीटी पूर्वाधारको अवस्था अझै पर्याप्त नभएको कुँवरले बताए ।
धन्यवाद ।
नारायण थापा
महासचिव
मितिः २०७७ चैत १ गते
प्रतिक्रिया राख्नुहोस्