चैत २, सिरहा : बम विस्फोटका कारण लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । विस्फोटले अत्यधिक क्षति पुगेपछि कार्यालयमा ठप्प भएको हो ।
बमले तीनवटा काउन्टर नै ध्वस्त भएको र घाईतेहरुको रगत पनि सफा नभएकाले कार्यालय ठप्प भएको प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए । प्रहरीसंग सल्लाह गरी अहिले कार्यालय सरसफाई गराइरहेको बताए ।
बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात पनि जलेको छ । कार्यालय कहिलेदेखि संचालनमा आउने विषयमा तत्कालै केहि भन्न नसकिने प्रमुख चौधरीले बताए ।
आइतबार दिउसोकार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा बम विस्फोट गराउदा एक कर्मचारीसहित ८ जना घाइते समेत भए । उनीहरु विभिन्न अस्पतालमा उपचाररत छन् ।
जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले विस्फोटको जिम्मा लिएको छ ।
Tags :
सम्बन्धित खवर
तिलोत्तमा नगर कार्यालयमा नेकपा (एमाले)को बोर्ड
५ वर्ष अगाडि
नेकपाका नेता मगर २३ महिनापछि रिहा
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्