महासचिव ‘विप्लव’ तौलिहवा कारागारका बन्दीहरूसंग भेटवार्ता गर्दै 

पार्टीका आगामी धारणा तथा योजना र संघर्षका कार्यक्रमहरूका बारेमा छलफल

महासचिव ‘विप्लव’ तौलिहवा कारागारका बन्दीहरूसंग भेटवार्ता गर्दै 

चैत ३, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टीका केन्द्रीय सदस्य क. कृतिले कपिलवस्तु जिल्लाको तौलिहवा कारागारमा रहेका आस्थाका राजबन्दीहरूलाई भेटवार्ता गरेका छन । 

नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्यूरो सदस्य तथा तत्कालिन रूपन्देही जिल्ला इन्चार्ज क. संगम , थारू राष्ट्रिय मुक्ति मोर्चाका महासचिव क. नवीन थारू, क. गणेश चौधरी र दुर्गा रोकालाई नेकपाका महासचिव ‘विप्लव’ र पार्टी केन्द्रिय सदस्य क. कृतिले मंगलबार भेटवार्ता गरेका हुन । 

भेटघातमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका आगामी धारणा तथा योजना र संघर्षका कार्यक्रमहरूका बारेमा छलफल गरिएको र रिहाईको प्रक्रिया पनि चलिरहेको नेकपाको स्रोतले बताएको छ । 

प्रहरीले क. संगम , क. नवीन थारू, क. गणेश, दुर्गा रोका, क. पारससहित १० जनालाई १६ साउन, २०७७ मा रूपन्देहीबाट गिरफ्तार गरेको थियो ।