बुटवल : जनपत्रकार संगठन नेपालको तर्फबाट संगठनका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार अनिल नेपाली नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको समावेशी सहसचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
नेपालीले लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । साथै नेपाली जनबाटो अनलाइन लगायत दर्जनौं मिडियामा पनि सम्बद्ध रहेका छन् ।
नेपाल पत्रकार महासंघको आज अर्थात् चैत २५ गते हुने २६ औं महाधिवेशनको लागि जनपत्रकार स्रंगठनको तर्फबाट महिलाबाट उपाध्यक्षमा दाना केसी सुवेदी, प्रदेश नं. २ बाट केन्द्रीय सदस्यका लागि सुदर्शनराज पाण्डे, कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका लागि वसन्त विक लगायतले उम्मेदवारी दिएका छन् । जनपत्रकार संगठनमा आबद्ध सम्पूर्ण मतदाताहरूलाई देशव्यापी रुपमा मतदान गर्न संगठनले हार्दिक अपिल समेत गरेको छ ।
Tags :
सम्बन्धित खवर
होटल ब्यवसायी संघको निर्वाचन सोमबार हुँदै
५ वर्ष अगाडि
अखिल (क्रान्तिकारी) द्वारा डोटीमा रक्तदान
५ वर्ष अगाडि
आचार्यको अध्यक्षतामा डब्लुडब्लुजेको नयाँ कार्यसमिति
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्